१६ वर्षीया क्रिष्टिला चौधरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ। उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले सडेको अवस्थामा शव फेला परेको जानकारी दिए।

साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। शव फेला परेको एक साता भइसके पनि घटना सार्वजनिक गरिएको थिएन। क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन्। बालिकाको बलत्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

‘केही शंकास्पद कुरा पनि पत्ता लागेका कारण अनुसन्धान भइरहेको छ’ बोहोराले बताए। घटनामा संलग्न रहेको आशंकामा तीन जनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने बताए। शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *