पहाडबाट झरेका शर्माले पहिले धरमी चौधरीलाई मित बनाए, अनि जग्गा पनि हड्पे

देउखुरी मौरिघाटका धरमी प्रसाद चौधरी ३ मौजा जग्गा व्यवस्थापन गर्ने जिम्मा पाएका थिए। उनलाई तत्कालीन सरकारे जमिनदारी हक प्रदान गरिएको थियो। मुरली तथा शारदा शर्माका हजुरबुबा त्यतिखेर पहाडबाट डोकोमा फलफुल बेच्न तराई झरेर आफ्नो परिवार पाल्ने गर्थे।

धरमी प्रसादले उनलाई चिन्हारु (मित ज्यु) बनाए र आफ्नै गाउँमा बस्ने अनुमति दिए। घडेरी र आवश्यक सामाग्री पनि दिए। शर्मा परिवार ल्याएर त्यही घर बनाएर बस्न थाले। उनी निकै बाठो थिए। आफ्ना छोराछोरीहरुलाई पढ्न पठाए, शिक्षित बनाए। थारुका छोराछोरीहरु खेतीपातीमै ब्यस्त भए। उनीहरुसँग पढ्ने समय भएन।

शर्मा सहयोग गर्ने लोभ देखाएर जग्गाको पोत तिरिदिन थाले। पछि विभिन्न डरधुप देखाएर जग्गा आफ्नो हातमा लिए। थारुहरु विस्तारै उनको अधिया जोत्न थाले, कमैया कमलरी भए। धरमी चौधरीलगायत सोझा थारुहरु जमिन्दार बाट कमैया भए। मुरलीका बाजे २०४५ सालमा ७५ भन्दा बढी घरधुरीका जग्गा आफ्नो नाममा पारे। लगभग ३ मौजा जग्गा हिनामिना गरे।

२०२१ सालमा देशमा भूमि ऐन लागू भयो। बिस्तारै बिस्तारै थारुहरुको चेत खुल्यो। देशमा मोहियानी हकबारे थाहा पाए र आफ्नो हक माग्न थाले। तर किसानहरुलाई उनले जोतभोग गर्न नदिइ भूमि प्रशासनमा उल्टै भगौडा भनेर एकलौटि निर्णय गराएर जग्गा हडपे। सर्वोच्च अदालतमा मुद्दा जित्दासम्म पाउनुपर्ने जग्गा उनीहरुको नाममा पास भएन।

पछि २०७४ सालमा पुन: मुद्दा दायर गरे। अदालतले आफैँ मिल्नुस् भन्छ। मुरली र शरद शर्मा भने बेवास्ता गर्ने, जग्गा पाउदैनौ भनेर उल्टै थर्काउने, धम्काउने गरेका छन्। किसानहरु २०४५ सालदेखी जग्गाका लागि दौडधुप गरिरहेका छन्। धेरैजसो जग्गा बेचबिखन तथा विभिन्न व्यक्तिहरुको नाममा नामसारी भइसकेकोछ। तर यो विषयमा स्थानीय सरकार केही पनि बोल्न सकेको छैन।

मुरली र शरद शर्मा परिवार, देउखुरीका खुँखार शोषक हुन। कमैया, कमलरी बसेका गरिबहरु उनीहरु बाट पाएको पीडा सुन्दा कुनै चलचित्र हेरेजस्तो अनुभव हुन्छ। देशमा कमलरी प्रथाको अन्त्य भए पनि उनको घरमा अझै कमलरी कायम नै छन्। गाउँका गरिबदुखीलाई हप्काउने, पिट्ने हुनाले अझै पनि त्यहाँका गाउँलेहरु उनीहरुसँग डराउने गर्छन्।

धरमी प्रसाद चौधरिको छोरा तुल्कराम चौधरिको नाममा रहेको मोहियानी जग्गा, तुलाराम चौधरीको हक्दार छोराहरु जिउरखन चौधरी, लल्तु चौधरी र नाति नन्दुराज चौधरीले विसं २०७४ मा भूमिसुधारमा पुनः मोहियानी हक दाबी गर्दा हालसम्म लगतकट नभएको हुदा उक्त मुरली र शारदा शर्माले एकलौटीरूपमा गरेको ३३ वर्ष पुरानो नजिरले अहिले पनि लगतकट हुने जिकिर गर्छन्। के त्यो नजिरले लागू हुन्छ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *