सरकारको कार्यक्रममा समेटियो कैदी रिहाई, अब रेशम चौधरी रिहाइ होलान्?

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए ।

सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा मुख्य ११ प्राथमिकता तय गरिएको छ । तर, यसमा राजनीतिक संयन्त्र र अमेरिकी सहयोग परियोजना (एमसिसी) जस्ता विषय भने समेटिएनन् । सत्ता साझेदार मध्येकको एक घटक नेकपा (माओवादी केन्द्र) ले सरकार संचालनका लागि सहजीकरण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने विषय उठाएको थियो ।

यो विषयमा सरकारको नेतृत्व गरेको कांग्रेस औपचारिकरूपमा केही नबोले पनि सकरात्मक थिएन । कांग्रेस ने सहमत नभएपछि यो विषय न्यूनतम साझा कार्यक्रममा नसमेटिएको हुन सक्छ । त्यस्तै एमसीसी सम्झौताका विषयमा पनि यसमा केही उल्लेख गरिएको छैन । कालापानी र लिपुलेकको विषय उठाउँदा यो विषयमा भने गठबन्धन सरकार मौन बसेको छ । तर, यो सरकारको कार्यकालमा एमसिसी अनुमोदन गर्ने विषय टुंग्याउनु पर्नेछ ।

हेर्नुस् पूर्ण पाठ




Leave a Reply

Your email address will not be published. Required fields are marked *