उपेन्द्र यादवले १८ महिना केही गर्न सकेनन्, मैले १८ दिनमै गरेर देखाएँ : महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन्।

जसपाको आधिकारिकता नपाएपछि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु आफ्नो गल्ती थियो भने यस्तो गल्ती र त्रुटि सधैं गरिरहने समेत बताएका छन्।

ठाकुरले बुधवार राति लामो र भाबुक वक्तव्य जारी गर्दै भनेका छन्, ‘के नागरिकताको लागि अध्यादेश ल्याउ लगाउनु त्रुटि हो? के संविधान संशोधनको निम्ति कार्यदल बनाउन लगाउनु त्रुटि हो? के उत्पीडित जनजाति र समुदायहरुको पहिचान र अधिकारको निम्ति माग मुद्दा सम्बोधन गराउन सरकारसँग सहकार्य गरी दबाब दिनु अपराध हो? यदि हो भने जनताको हितका लागि यस्ता गल्ती, त्रुटि र अपराध हामी बारम्बार गर्न तयार छौं।’

उपेन्द्र यादव पक्षद्वारा असार ४ गते पार्टी फुटाउनका लागि आधिकारिकता सम्बन्धमा दिइएको निवेदनउपर निर्वाचन आयोगले गरेको फैसलाप्रति चित्त नबुझेको भन्दै न्याय पाउने सबालमा आशावादी रहेको अपिलमा भनिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *