गौरीशंकर चौधरीलाई सांसद पदमा पुर्नबहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

एमाले पार्टीमा गएका गौरीशंकर चौधरीसहित चार पूर्वमाओवादी सांसदले सांसद पद पुर्नबहाली गरिपाऊँ भन्दै दिएको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । माओवादीले सांसदबाट पदमुक्त गर्ने निर्णय कानुन सम्मत नै रहेको आदेशमा भनिएको छ । चार जना नेताहरु एमालेको विभिन्न कमिटीमा भएकाले‍ एमालेले जारी गरेकाे अन्तरपार्टी निर्देशिकामा जनाए अनुसार यस्तो निर्देशन दिइएकाे हाे ।

एमालेका चार पूर्वनेताले आफूहरु माओवादीमा हुँदाको सांसद पद पुनर्बहाली गरीपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आदेश दिन अस्वीकार गरेको छ ।

लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गाैरीशंकरले चाैधरीले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरिम दिन अस्वीकार गरेका हुन् । योसँगै चारै नेताको सांसद पद गुमेको छ । उनीहरुको ठाउँमा सरकारले निर्वाचन गराउनुपर्ने हुन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *