भिडियोमा हेर्नुस् टोकियो ओलम्पिकमा सरस्वती चौधरी

जापानमा भइरहेको टोकियो ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्। आज बिहान महिलातर्फको १०० मिटरको दौडमा उनी प्रारम्भिक चरणको हिटमा ९ खेलाडीमध्ये आठौं भइन्। उनी अघिल्लो चरणमा पुग्न असफल रहिन् भने व्यक्तिगत समय पनि सुधार गर्न सकिनन्। उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन्।

युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागी भएकी सरस्वतीको बेस्ट टाइमिङ १२:५५ सेकेण्ड हो। उनले २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा उक्त टाइमिङ राखेकी थिइन्। त्यसअघि २०१९ मै कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा उनले १२.७२ सेकेण्ड टाइमिङ निकालेकी थिइन्।

सुरुमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउने पक्का भए पनि पछि म्याराथनमा धेरै कोटा भएको भन्दै उनको सट्टा महिला १०० मिटरमा सरस्वतीलाई ओलम्पिकमा पठाइएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *