अन्ततः रेशम चौधरी उपेन्द्र यादवतिर लागे

जसपाका निलम्बित सांसद रेशम चौधरीले अन्ततः उपेन्द्र यादवतिर खुलेका छन्। निरवाचन आयोगमा तटस्थ बसेका चौधरी बुधबार उपेन्द्रतिर खुलेका हुन्। जसपा नेता डम्बर खतिवडाले यसबारे खुलासा गरेका छन्

उनले लेखेका छन्, ‘माननीय रेशम चौधरीले फोन वार्तामार्फत् व्यक्त गर्नुभएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनुभएको प्रष्ट गर्न चाहन्छु।’

मंगलबार जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा महन्थ ठाकुर समूहका सबै जनालाई कारबाही गरिने प्रस्ताव पेस भएको थियो। यसबारे आजको बैठकमा पनि छलफल जारी रहेको छ। चौधरीले तटस्थता तोडेसँगै यादव पक्षमा लाग्ने कार्यकारिणी सदस्यको संख्या ३५ पुगेको छ।

यो पनि पढ्नुस् :

तटस्थ बस्दै रेशम चौधरीले भने- मलाई न्याय दिनुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *