जसपा नेताको प्रष्टीकरण- रेशम चौधरीलाई कुनै कारबाही भएको छैन

जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीलाई कारबाही नगरेको स्पष्ट पारेको छ। मंगलबार सञ्चारमाध्यममा रेशम चौधरीलगायत महन्थ ठाकुर समूहका नेताहरुलाई कारबाही गरिएको समाचार सार्वजनिक भएको थियो।

जसपाका एक नेताले रेशम चौधरीलाई पार्टीले कुनै कारबाही नगरेको स्पष्ट पारेका हुन्। ‘रेशमजीलाई पार्टीबाट कुनै कारबाही गरिएको छैन। उहाँ अहिले पनि केन्द्रीय कार्यकारिणी समिति सदस्य हुनुहुन्छ,’ उनले भने।

तर मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले उपेन्द्र पक्षमा सनाखत गर्ने ३४ जनालाई मात्र कार्यकारिणी सदस्यमा कायम गर्ने निर्णय गरेको थियो। जसपाका प्रचार प्रसार विभागका डम्मर खतिवडाले नै सञ्चारमाध्यममा महन्थ पक्षधरमा १७ जनालाई कारबाही गरिएको र ३४ जनालाई कार्यकारिणी सदस्यमा कायम गरेको जानकारी दिएका थिए।

यो पनि पढ्नुस् :

रेशम चौधरीलाई जसपबाट निष्काशित




Leave a Reply

Your email address will not be published. Required fields are marked *