रविन्द्र मिश्रलाई अमनलाल मोदीको कडा जवाफ

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमतसंग्रहसम्बन्धी गरेको प्रस्ताव पक्षगमनको संकेत भएको बताएका छन्। उनले समाज र मान्छे जहिल्यै परिवर्तनतिर लम्कने हो न कि पछाडि फर्किने भन्दै मिश्रको प्रस्तावलाई विरोध गरेका छन्।

उनले त्योभन्दा बरु समाजवादी आन्दोलनको आधिबेरी सिर्जना गर्नुपर्ने बताए। उनले अब वैज्ञानिक समाजवादतिर अगाडि बढ्ने आवश्यकता र माग रहेको समेत औंल्याए।

‘समाज र मान्छे जहिल्यै नि परिवर्तनतिर लम्कने हो ताकि पछाडितिर फर्किने होइन। सन्दर्भ संघीयता खारेज र धर्मको बारेमा जो रविन्द्र मिश्रले जनमत संग्रहबारे जो अवधारणा सारे त्यो पूरै पक्षगमनतिर जानु हो। सारमा मान्छेलाई ढुंगे युग र दास युग वा सामन्तीयुगतिर फर्किनु हो। बरु अब समाजवादी आन्दोलनको आधिबेरी सिर्जना गरौं र वैज्ञानिक समाजवादतिर अगाडि बढौं। अहिले आवश्यकता र माग हो,’ उनले भनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *