चक्कु प्रहार गरी १७ वर्षीय चौधरीको हत्या

उर्लाबारी नगरपालिका–८ थारु टोलमा सोमबार एक किशोरको चक्कु प्रहार गरी हत्या भएको छ । अर्का एक जना घाइते छन् । १७ वर्षीय अभिषेक चौधरीको चक्कु प्रहारबाट हत्या भएको हो ।

४ वटा मोटरसाइकलमा आएका उर्लाबारी–८ कदम टोलका ७/८ जनाको समूहले अपराह्न १२ बजेर १५ मिनेटतिर छिमेकी दाइ भुरन चौधरीको आँगनको ट्युबवेलमा पानी खाइरहेको बेला अभिषेक र उनका साथी सुशन धामीलाई चक्कु प्रहार गरी घाइते बनाएको उर्लाबारी–८ का वडा सदस्य लक्ष्मी ढुंगानाले बताए ।

बिएण्डसी अस्पताल लगेपछि चिकित्सकले अभिषेकलाई मृत घोषणा गरेको इलाका प्रहरी उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले बताए । खड्काका अनुसार उनीहरुको चक्कु प्रहारले तिघ्रालगायत शरीरका विभिन्न भागमा चोट लागेका धामीको अरनिको अस्पतालमा उपचार भइरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *