माधव नेपालले ‘दुर्व्यवहार’ गरेको भन्दै सांसद रानाले मागे भिडियो रेकर्ड [भिडियोसहित]

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा एमालेका सांसदहरू झगडा गर्न थालेपछि बैठक विषयवस्तुमा प्रवेश नै गर्न सकेन। यो बैठकमा विगतमा भए/गरेका निर्णयहरूको कार्यान्वयनको समिक्षा गर्ने कार्यसूची थियो।

तर, बैठकको सुरुवातमै नेकपा एमालेका तर्फका सांसदहरू आपसमा झगडा गर्न थालेपछि बैठक विषयवस्तुमा प्रवेशै गर्न पाएन। खासगरी ओली पक्षका सांसद र नेपाल पक्षका सांसदहरू भनाभन गरेका थिए। त्यो बैठकमा एमाले नेता माधव नेपाल आफै सहभागी थिए। त्यहाँ भनाभन हुन थालेपछि उनी आफै पनि बैठकमा कड्किए र पछि बैठकबाट बाहिरिए।

एमालेका केही सांसदले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार सर्वोच्चको परमादेशबाट बनेको भन्दै टिप्पणी गरेपछि बैठकमा सदस्यहरूबीच चर्काचर्की भएको हो।

कार्यसूची अनुसार बैठक सुरु भएपछि बेला समिति सदस्य एमाले सांसद नारदमुनी राणाले सरकार जनादेशबाट नभइ परमादेशबाट आएको भनेपछि चर्काचर्की भएको माओवादी केन्द्रका सांसद सुदन किराँतीले बताए।

सरकारमाथि टिप्पणी गरेपछि समितिका सदस्यहरूले निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका सांसदहरू समितिमा बस्न नपाउने तर्क गरेका थिए।

बैठकपछि आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद रानाले बैठकको भिडियो रेकर्डिङ मागेका छन्। संसद सचिवालयमा निवेदन दर्ता गर्दै उनले बैठकको दृश्य रेकर्डिङ उपलब्ध गराउन माग गरेका हुन्।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *