भारत सरकारद्वारा नेपाललाई १५० थान आइसीयु बेड सहयोग

भारत सरकारले नेपाललाई कोभिड–१९ रोकथामको लागि १५० आईसीयु बेड उपहार स्वरुप प्रदान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कानूनमन्त्री कार्कीले कोभिडविरुद्ध लड्न भारतले गरेको सहयोग सदैव प्रसंशायोग्य रहेको बताए । मन्त्री कार्कीले नेपाल भारतबीचको सम्बन्ध ऐतिहासिक रहेको र निकट भविष्यमा पनि सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

राजदूत क्वात्राले भारत र नेपालबीचको शदिऔँ पुरानो विशिष्ठ सम्बन्ध रहेको भन्दै नेपाली जनतालाई कोभिड–१९ को संकटबाट जोगाउन भारतले सक्ने सहयोग गर्ने बताए ।

यसअघि पनि भारत सरकारले नेपाललाई कोरोना महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *