एमालेको विपक्षमा लाग्न प्रलोभन देखाए : सांसद गंगा चौधरी

नेकपा एमालेकी समानुपातिक सांसद गंगा चौधरीले पार्टीविरुद्ध लाग्न आफूलाई केही मानिसहरुले प्रलोभन देखाइरहेको दाबी गरेकी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिने चर्चा चलिरहेका बेला सांसद चौधरीले यस्तो दाबी गरेकी हुन्।

‘अहिले केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरिरहनु भएको छ। कृपया! दु:ख नगर्नु होला’, चौधरीले भनेकी छन्, ‘म गंगा थारु, कुनै हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने गतिविधिमा लाग्ने छैन। यो स्पष्ट हो र मेरो प्रण पनि हो।’

उनले पार्टीले जस्तो निर्णय गरे पनि एउटा इमान्दार कार्यकर्ताका रुपमा अक्षरश: पालना गर्ने पनि बताएकी छन्। ‘पार्टीले जे जस्तो निर्णय गर्छ, पार्टीको एउटा इमान्दार कार्यकर्ताको हैसियतले त्यसको अक्षरशः पालन गर्नु मेरो कर्तव्य हो’, उनले अगाडि भनेकी छन्।
सांसद चौधरीले वरिष्ठ नेता नेपालले भने जस्तो एमालेलाई २०७५ जेठमा फर्काउने काम भइसकेको बताउँदै अब विवाद गर्नुको कुनै अर्थ पनि नरहेको उल्लेख गरेकी छन् ।

‘पार्टी जेठ २ मा फर्काउने माग पनि पूरा भएको छ। कार्यदलले पार्टी एकताको सहमति गरिसकेको छ’, चौधरीले थप भनेकी छन्, ‘कार्यदलकै सुझाव अनुसार विधिवत् रुपमा बोलाइएको पार्टी बैठकमा उपस्थित भएर आफ्ना कुरा नराखेर बहिष्कार गर्नु, अनेक अत्तो थापिरहनु , अर्घेल्याइँ गरिरहनु, विपक्षीसँग मिलेर आफ्नै पार्टीको सरकार ढाल्न मरिहत्ते गरेर लाग्नु, ढालिसकेर पनि अझै चित्त नबुझेर विपक्षीसँग अनैतिक सॉठगॉठ गरी रहनु। यो सब के हो? मैले बुझ्न सकेको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *