थारु कविता र कथा शृंखलाको सुभारम्भ

गायक संजय चौधरीले थारु पोएट्री एन्ड टेल्स अफ थारु सेरिज अर्थात् थारु कविता र कथा शृंखलाको सुरुवात गरेका छन्। उनले आफ्नो युट्युब च्यानल संजय चौधरीमार्फत् भर्चुअल शृंखलाको सुरुवात गरेका हुन्।

यस शृखंलामा आफ्ना कथाव्यथा कथा र कविताको माध्यमबाट भर्चुअलरुपमा वाचन गर्न सकिनेछ। यस कार्यक्रममा सहभागी हुन गायक चौधरीले आह्वान गरेका छन्। यसले थारु समुदायभित्रको आवाजलाई बुलन्द पार्न सहयोग पुग्ने गायक चौधरीको बुझाइ छ।

पहिलो शृंखलामा थारु संस्कृतिविद् भुलाई चौधरी सहभागी भएका छन्। उनले कविता वाचन गरेका छन्।
हेर्नुस् भिडियो:-




Leave a Reply

Your email address will not be published. Required fields are marked *