केपी ओली नामको खराब शासकको अन्त्य : मेटमणि चौधरी

नेकपा एमालेका सांसद मेटमणि चौधरीले केपी ओली नामको खराब शासकको अन्त्य भएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि चौधरीले आफ्नो वक्तव्य सार्वजनिक गरेका छन्।

‘केपी ओली नामको खराब शासकको अन्त्य! फेरि यस्तो शासक नेपाली धर्तीमा देख्न नपरोस्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।

उनले राष्ट्रपति विद्या देखवी भण्डारीजस्तो कठपुतली राष्ट्रपति पनि झुक्किएर नेपालका राजनीतिक दलहरुले नबनाउन आग्रह गरेका छन्। ‘विद्या देवी भण्डारीजस्तो कठपुतली राष्ट्रपति झुक्किएर पनि नेपालका राजनीतिक दलहरूले बनाउन बाध्य नहोउन,’ उनले भने, ‘अब बन्ने प्रधानमन्त्रीको क्षमतामा समृद्धि होस्।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थामा सोहीअनुसारको कार्यशैली र आचरण निर्माणमा ध्यान दिन आग्रह गरेका छन्। ‘आफूभन्दा पनि नेपालको संविधान र स्थापित नजिरलाई सर्वोच्च स्थानमा राखी मुलुकलाई समृद्धितर्फ लान सफलता मिलोस,’ उनले भनेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *