प्रेस काउन्सिलमा सांसद उमाकान्त चौधरीले दिए उजुरी

बारा क्षेत्र नं १ का निर्वाचित सांसद चौधरीले प्रेस काउन्सिलमा उजुरी दिएका छन्। गलत समाचार प्रकाशित गरी चरित्र हत्या गर्ने साँघु साप्ताहिकलाई कारबाही गर्न माग गरिएको छ।

१२ साउनमा दिइएको निवेदनमा भनिएको छ- प्रेस काउन्सिलका सदस्यसमेत रहेका सो पत्रिकाका सम्पादक गोपाल बुढाथोकी रहेको पत्रिकामा झुठो, भ्रामक, अनर्गल, कपोकल्पित तथा मनगठन्ते भाषा प्रयोग गरी समाचार बनाइ मेरो चरित्र हत्या गर्ने नियत राखिएको प्रष्ट छ। साँघु साप्ताहिकलाई कारबाहीको साथै गलत समाचार प्रकाशित गरी चरित्र हत्या गराउने निज प्रेस काउन्सिलका सदस्य एवं सो पत्रिकाका सम्पादक बुढाथोकीलाई कारबाही गरी काउन्सिलको सदस्यबाट समेत हटाउन निवेदन साथ अनुरोध गर्दछु,’ निवेदनमा भनिएको छ।

सांसद चौधरीको निवेदनपछि प्रेस काउन्सिल नेपालले खण्डन प्रकाशन गर्न साँघु साप्ताहिकलाई पत्र काटेको छ। यदि खण्डन छाप्न नमिल्ने भए कारणसहित स्पष्ट पार्नसमेत काउन्सिलको पत्रमा उल्लेख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *