एमालेको बारा अध्यक्षमा बलविर चौधरी मनोनित

नेकपा एमाले प्रदेश २ ले बाँकी तीन जिल्लामा अध्यक्ष र सचिव मनोनित गरिएको छ । प्रदेश अध्यक्ष ज्वालाकुमारी साहले रौतहट, बारा र सर्लाहीका अध्यक्ष र सचिव मनोनित गरेको जानकारी गराएकी छन् । उनका अनुसार बारा, रौतहट र सर्लाहीको अध्यक्षमा क्रमशः बलबीर चौधरी, तुलसी राज गिरी र राजनारायण साह मनोनित भएका छन् । उनी तिनैजना एमालेमा विगतदेखि लागेका नेता हुन् ।

यस्तै बारा, रौतहट र सर्लाहीको सचिवमा क्रमशः मो. समिर, मनोजकुमार यादव र केदार खत्रीलाई मनोनीत गरिएको छ । सचिवमा मनोनीत भएका तीनैजना पूर्वनेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नेहरू रहेका छन् ।

मो. समिर प्रदेश २ का समानुपातिक सांसद थिए । तर, उनी एमालेमा प्रवेश गरेको भन्दै माओवादीले पदमुक्त गरे । उनी सांसद पद पुनर्वहालीका लागि सर्वोच्चमा रिट निवेदन पनि दिएका छन् ।

एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेश २ का ५ जिल्लामा अध्यक्ष र सचिव मनोनीत गरिसकेको छ । पछिल्लो समय तीन जिल्लामा गरेको मनोनीतमा विवाद देखिएको छ । केही पूर्वमाओवादी नेता तथा कार्यकर्ताले सहमती अनुसार मनोनीत नगरिएको भन्दै विरोध जनाइरहेका छन् ।

मनोनीतमा देखिएको विवाद विषयमा प्रदेश अध्यक्ष साहले भन्छिन्, ‘हामी माओवादीबाट एमालेमा गएपछि कुनै सम्झौता भएको छैन । योग्यताको आधारमा सम्मानजनक ठाउँ पाएका छौं ।’ पद नपाएका केही नेताले गलत भ्रम फैलाइरहेको उनको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *