राजापुर नागरपालिकालाई युनिक नेपालको तीन लाख सहयोग

बर्दियाको अग्रनी गैर सरकारी संस्था युनिक नेपालले राजापुर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ। अव्यवस्थित शव व्यवस्थापनका लागि युनिक नेपालले राजापुर प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)लाई सामग्री खरिद गर्न आर्थिक सहयोग गरेको हो।

पिएचसीको पोष्टमार्टम वार्डमा पर्याप्त स्वास्थ्य सामग्री नहुँदा शव ब्यवस्थापनमा कठिनाई हुँदै आएपछि युनिक नेपालले मर्चुअरी च्याम्बर सिंगल बडी खरिद गर्न तीन लाख रुपैँया आर्थिक साहयता गरेको कार्यक्रम संयोजक सोमप्रसाद चौधरीले जानकारी दिए।

मर्चुअरी खरिद राजापुर नगरपालिका मार्फत हुने भएकाले नगरपालिकाका मेयर शिवप्रसाद चौधरीलाई रकम हस्तान्तरण गरिएको युनिक नेपालका अध्यक्ष प्रिमबहादुर चौधरीले बए । स्वास्थ्य उपकरण सहयोग कार्यक्रमअन्तर्गत राजापुर नगरपालिका मार्फत राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई रकम सहयोग गरिएको उनको भनाइ छ।

मेयर चौधरीले युनिक नेपालको सहयोगले अब्यवस्थित शव ब्यवस्थापनमा सहयोग पुग्ने बताए। चार लाख ९५ हजार रुपैँया पर्ने सो च्याम्बरका लागि युनिक नेपालले तीन लाख र राजापुर नगरपालिकाले एक लाख ९५ हजार रुपैँया ब्यहोर्ने भएका छन्।

युनिक नेपालले सामाजिक क्षेत्रमा ठूलो सहयोग पुर्‍याउँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *