माओवादी केन्द्र खारेजको माग गर्दै गौरीशंकर चौधरीसहितका नेताले दिए निवेदन

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी केन्द्र छाडेर एमाले गएका रामबहादुर थापा ‘बादल’ समूहले निवेदन दिएको हो। माओवादी केन्द्रले दलको हैसियत गुमाइसकेको भन्दै निर्वाचन आयोगमा रिट परेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
‘उहाँहरुले दल दर्ता खारेजीको निवेदन पेस गर्नुभएको छ। त्यस विषयमा सचिवालयमा अध्ययन हुन्छ। अध्ययनपछि आयोगमा पेस गरेपछि निर्णय लिन्छौँ,’ उनले भने। माओवादी आफैFमा अवैध भएकाले त्यसले गरेको कारबाही कुनै हालतमा वैध नहुने बादल समूहका नेता लीलबहादुर थापाले बताए।
‘९ वर्षदेखि पार्टीको महाधिवेशन गर्न सकेको छैन,’ उनले भने, ‘जुन पार्टीको अध्यक्ष नै अवैध छ। त्यही पार्टीको केन्द्रीय कमिटीले हामीलाई कारबाही गर्ने र सांसदलाई हटाउन मिल्दैन।’
नेकपाको एकता भंग भएपछि बादलसहित टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीलगायत नेता एमालेमै बसेका थिए। तर, माओवादीले पार्टी छाडेर गएका सांसदहरुलाई कारबाही गरेपछि सांसद पदसमेत गुमेको थियो।
Facebook Comment