हस्ताक्षर फिर्ता गर्न ओलीको चेतावनीपछि मेटमणि चौधरी भन्छन्- ओलीको धम्कीसँग डराइँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने परिस्थिति आउने भन्दै तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्। बालुवाटारमा शुक्रबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विरुद्ध अरु मोर्चा बनाएर लागेकाले आफूहरु पनि तयारी अबस्थामा बस्नुपर्ने बताए।

उनले सारा पक्ष आफ्नाविरुद्धमा मोर्चाबन्दी बनाएर लडिरहेका बेला आफूहरु चुप लागेर बस्न नसक्ने चेतावनी दिए। प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आएको भोलिपल्ट ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधरण निर्णय लिने जानकारी पनि केन्द्रीय सदस्यहरुलाई गराएका छन्।

त्यसअघि उनले देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता लिन माधव पक्षीय सांसदहरुलाई चेतावनी दिइसकेका छन्।

यता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुको बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नहुने निर्णय गरेका छन्।

माधव पक्षीय नेता एवं सांसद मेटमणि चौधरीले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने निष्कर्ष निकालेको बताए। उनले अध्यक्ष केपी शर्मा ओलीको अवैधानिक बैठकले गरेको निर्णय पनि अवैधानिक रहेको भन्दै ओली आफैँले पार्टीलाई फुटको बाटो लैजान खोजिरहेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *