जेठ २ मा फर्किएपछि एमालेभित्रका थारु नेताहरुको हैसियत

नेकपा एमालेले १०औं महाधिवेशन आयोजक समिति खारेज भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले १०औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

कमिटी बैठकले महाधिवेशनको मिति तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो। मंगलबार बसेको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो।

महाधिवेशन आयोजक समिति खारेज भएसँगै एमालेभित्रका थारु नेताहरुको जिम्मेवारी पनि पूर्ववत अवस्थामा पुगेको छ। यसले गत वैशाख १० गते प्रधानमन्त्री ओली सुम्पेको जिम्मेवारीबाट पनि मुक्त भएका छन्। गत वैशाख १० गते प्रधानमन्त्री ओलीले आफ्ना पक्षीय थारु नेताहरुलाई जिल्ला इञ्चार्जदेखि विभाग प्रमुखसम्मको जिम्मेवारी सुम्पेका थिए।

जसअन्तर्गत माओवादी केन्द्रबाट एमालेमा आएका गौरीशंकर चौधरीलाई श्रम तथा रोजगार विभागको प्रमुख, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई दाङ जिल्लाको इञ्चार्ज, नारदमुनी राना थारुलाई सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज र कैलालीको जिल्लाको इञ्जार्ज, बलदेव चौधरीलाई बारा जिल्लाको सहइञ्चार्ज, वैजनाथ चौधरीलाई लुम्बिनी प्रदेशको सहइञ्चार्ज र नवलपरासीको इञ्चार्ज, भवगती चौधरीलाई सुनसरी जिल्लाको सहइञ्चार्ज र सहकारी सम्बद्ध संगठनहरुको उपप्रमुख, मञ्जु चौधरीलाई उदयपुरको इञ्चार्ज र शान्ता चौधरीलाई नेपाल भूमिहीन सुकुम्बासी संगठन तथा सम्बद्ध संगठनहरुको इञ्चार्ज र दाङ जिल्लाको सहइञ्चर्जको जिम्मेवारी दिइएको थियो।

त्यसबेला माधव पक्षीय नेताहरु नागेन्द्र चौधरी, मेटमणि चौधरी र बलदेव चौधरी जिम्मेवारीविहीन बनाइएका थिए। २ जेठ मा फर्किने निर्णयसँगै यी सबै थारु नेताहरुको जिम्मेवारी पनि पूर्ववत अवस्थमा फर्किएको छ।

जसअनुसार पोलिटव्युरो सदस्यमा नागेन्द्र चौधरी, केन्द्रीय सदस्यमा वलवीर प्रसाद चौधरी, बलदेव चौधरी, वैजनाथ चौधरी र वैकल्पिक केन्द्रीय सदस्यमा भगवती चौधरी, मेटमणि चौधरी, नारदमणि राना, मञ्जु चौधरी र शान्ता चौधरी रहेका छन्।

एमाले र माओवादीको एकतापछि नागेन्द्र चौधरी घटुवमा परेका थिए भने भगवती चौधरी, शान्ता चौधरी, मञ्जु चौधरी र नारदमुनी राना पूर्ण केन्द्री सदस्य बनेका थिए।

यो पनि हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *