टीकापुर वनगाउँका थारुहरुले मागे छुट्टै वडा

कैलालीको टीकापुर नगरपालिकामा वडा विभाजनको विषयमा असहमति जनाउँदै स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिकाको वडा नम्बर १ वनगाउँका स्थानीयले आज (बुधबार) नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नगरपालिकाको हालको वडा नम्बर १ को वडा विभाजनमा अन्याय भएको भन्दै स्थानीयले तालाबन्दी गरेको बताएका छन् । नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नम्बर १ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको बताइएको छ ।

वनगाउँमा थारु समुदायको बसोबास रहेको छ । उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाएको आरोप लगाएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *