एमाले गएका कैलालीका एक उपमेयर र ३ वडाध्यक्षसहित १४ जनप्रतिनिधि पदमुक्त

नेकपा माओवादी केन्द्र छाडेर एमाले गएका १४ जनप्रतिनिधि पदमुक्त भएका छन्। निर्वाचन आयोगले सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो। पद रिक्त हुनेमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन्। उनीहरू अधिकांश रौतहट र कैलालीका हुन्।

सोमबारको आकस्मिक केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका उनीहरू एमाले प्रवेश गरी पार्टी परित्याग गरेकोले त्यस्तो पद स्वत: रिक्त हुने भन्दै आयोगसमक्ष कारवाहीको पत्र बुझाएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *