थारु आयोगको सदस्यमा डा. उमाशंकर चौधरी र शान्ति मोदी नियुक्त

थारु आयोगको सदस्यमा थप दुई जना नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी थारु आयोगमा थप दुई जना सदस्य नियुक्त गरेकी हुन्।

जसअनुसार नवलपरासीका डा. उमाशंकर चौधरी र मोरङकी शान्ति मोदी रहेका छन्। यसअघि भोलाराम चौधरी र सुबोधसिंह थारु सदस्यमा नियुक्त भएका थिए। थारु आयोगको अध्यक्ष भने बर्दियका विष्णु चौधरी रहेका छन्।

योसँगै राष्ट्रपति भण्डारी विभिन्न संवैधानिक आयोगमा २० जनालाई नियुक्त गरेका छन्।

यो पनि हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *