कैलारी गापाका प्रमुख ‘अंकित’ चौधरी भन्छन्- बाबुरामको समाजवाद काल्पनिक हो

पछिल्लो समय जसपा नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा अदृश्य शक्तिको चलखेल सुरु भएको बताएका थिए। उनले अदृश्य शक्तिको घुसपैठले नेपालको राष्ट्रियतामाथि खतरा भएको बताए।

बाबुरामलेमात्रै होइन, उनी सम्मलित पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्प कमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनालले संयुक्तरुपमा नेपालको राष्ट्रियता जोगाउन सबैलाई एकजुट हुन अपिलसमेत गरे।

बाबुराम त अहिलेसम्म विभिन्न मिडियामा गएर अझै अदृश्य शक्तिको चलखेल जारी रहेको बताइरहेका छन्। तर कुन शक्तिले कसरी खेलिरहेको कुरा भने उनले अझैसम्म प्रस्ट्याएका छैनन्।

बाबुराम भट्टराईको त्यही अभिव्यक्तिमाथि कैलालीको कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरी ‘अंकित’ले जवाफ दिएका छन्।

माओवादीबाट निर्वाचित प्रमुख अंकितले बाबुराम भट्टराईको समाजवादलाई काल्पनिक भनेका छन्। बाबुरामको न मार्क्सवादी न विचारक भएको उनको बुझाइ छ।

उनी लेख्छन्, ‘डा. बाबुरामको अकर्मण्यता हो, न उनी मार्क्सवादी हुन्, न विचारक। उनको समाजवाद पनि काल्पनिक हुन्। विचार बोक्नेलाई साथ लिएर जान नसक्ने अनि विचारको कुरा गर्ने?’

अंकित थप्छन्, ‘बाबुरामको व्यक्तिगत विचार हो। हजारौं युद्धकर्तालाई के गर्नु भयो उहाँले?’




Leave a Reply

Your email address will not be published. Required fields are marked *