ओली नै एमाले एकता चाहँदैनन् : मेटमणि चौधरी

एमालेका माधव पक्षीय नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली नै एकता नचाहेको स्पष्ट पारेका छन्। मुख्य नेतृत्व केपी ओली नै एमाले एकता नचाहेपछि पार्टी सग्लो हुने कुरै नभएको उनले उल्लेख गरेका छन्।

‘सर्वोच्चको २३ फाल्गुणको फैसलापछि हतारहतार फाल्गुण २८ गते गुटको बैठक डाकेर एमालेको सदस्य नभएकाहरूलाई केस बनाउनु, पदाधिकारी भङ्ग गर्नु, आफ्नो गुटबाहेक सबै प्रदेश इञ्चार्जहरूलाई हटाउनु, पछिल्लो सर्वोच्चको अन्तरिम आदेश- कर्णाली प्रदेशका माननीयहरूलाई कारबाही नगर्नु र १०औं राष्ट्रिय महावेबेशनलाई मान्यता नदिएको विषयलाई हिजो भ्याकेटमा जानू र जालसाजपूर्ण तरिकाको ६ बुँदा आउनुले पार्टी एकता नभएको कुरा घामजत्तिकै सबैलाई छर्लङ छ,’ विघटित संसदको सांसदसमेत रहेका चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले प्रधानमन्त्री ओलीकै कारण कम्युनिस्ट आन्दोलनप्रति जनता र कार्यकर्ताको वितृष्णा जागेको बताएका छन्। ‘जनताका वितृष्णको कारण आन्दोलन धरासायी हुने निश्चित छ। आन्दोलन नै सखाप पार्ने अभियानका अभियन्ता केपी नेकपा एमालेको एकता कायम गर्ने दिने कुरै हुँदैन,’ उनले लेखेका छने।

उनले रसियाको कम्युनिस्ट आन्दोलनलाई स्मरण गर्दै भनेका छन्, ‘ स्मरण रहोस्- रसियाको कम्युनिस्ट आन्दोलन विभाजन भएर सकिएको होइन, आन्दोलप्रति जनताहरूका वितृष्णको कारण सकिएको हो।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *