थाकससँग गरिएको ‘फेक एग्रिमेन्ट’बारे सुरेन्द्र चौधरीको खुलासा

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले सरकारले थरुहट थारुवान संयुक्त संघर्ष समिति अर्थात् थारु कल्याणकारिणी सभा (थाकस)सँग ‘फेक एग्रिमेन्ट’ गरेको खुलासा गरेका छन्। टिभीटुडेसँगको कुराकानीमा अभियन्तासमेत रहेका चौधरीले थाकससँग गरिएको केही बुँदा फेक रहेको बताए।

उनले यसमा संघर्ष समितिबाट सहभागीहरुको अज्ञानता हुनसक्ने बताए। ‘सरकार र संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ। जसमा २-३ बुँदामा त फेक एग्रिमेन्ट गरिएको छ। थाहा छैन, संघर्ष समितिका मान्छेहरुको अज्ञानतका कारण हो वा संविधानले दिएको अधिकारबारे थाहा नभएर हो। अथवा सरकारी पक्षले हो, जसले बुँदाहरु तयार गर्‍यो, थारु भनेको त जे लेखे पनि मान्ने जात हो भन्ने नियतले गरेको हो कि वा उहाँहरुलाई पनि संविधानको प्रावधानहरु थाहा नभएर हो।’

उनले रेशम चौधरीको रिहाइ सम्बन्धमा लेखिएको बुँदा पनि अमूर्त रहेको बताए। उनले सहमति पत्रमा लेखिएको बुँदाले भन्न खोजेको के कुरा हो प्रष्ट नहुने बताए। त्यही भएर सम्झौताको कुनै अर्थ नरहेको उनले बताए।

रेशम चौधरीको रिहाइ सम्बन्धमा भने उनले कानुनी प्रक्रियामा गइसकेकाले कानुनी तवरबाटै रिहाइ उनले बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अदालती प्रक्रियामा गइसकेको मुद्दा भएकाले अदालती प्रक्रियाबाटै टुंगो लाग्ने जानकारी दिएको बताए।
भिडियो हेर्नुस्:

सरकार र थाकसबीच भएको छ बुँदे सहमति यस्तो थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *