मधेसका यी अभियन्तलाई चिनौं, जो थारुलाई मधेसी बनाउन तल्लीन छन्

सशस्त्र नेकपमा माओवादी मूल राजनीतिमा आएसँगै अन्तरिम संविधान बनेको थियो। जहाँ थारुलाई पहिलोपटक मधेसी भनेर सम्बोधन गरिएको थियो। थारुलाई मधेसी उपनाम दिइएपछि देशभरिका थारुहरु एकीकृत भए। थारुहरुले राज्यविरुद्ध पहिलोपटक थरुहट आन्दोलनको उद्‍घोष भयो।

थारुहरुले आफ्नै नेतृत्वमा गरेको पहिलो थरुहट आन्दोलन सफल पनि बन्यो। सरकारले घुँटा टेकेर ६ बुँदे सहमति गरेसँगै आन्दोलन मत्थर बनेको थियो।

यसबीचमा संविधान जारी त भयो तर थारुहरुलाई पटक पटक अझै मधेसीको उपनाम दिन छाडिएको छैन। विषेशतः मधेसका बुद्धिजीबी भनिएकाहरु, लेखक भनिएकाहरु नै थारुहरु मधेसी नै भएको रटान रटिरहेका छन्।

यस्तैमा मधेसका सामाजिक अभियन्ता भनेर वाहवाही कमाएका सरोज रायले आइतबार एउटा स्टाटस लेखेर फेरि थारुहरु मधेसी नै भएको उल्लेख गरे। बिल ह्याकरले सन् १९६८ मा खिचेका केही तस्बिरहरु पोस्ट्याउँदै उनले भनेका छन्- थारु पनि मधेसी नै थिए, आज भोलि पहिचान बदलिएको छ।’

उनको यो स्टाटसपछि धेरै थारुहरुले विरोध गरे। उनको फेसबुकमै गएर आदिवासी थारुहरु कुनै हालतमा मधेसी नभएको र मधेसीभन्दा थारुहरुको इतिहास, कालखण्ड धेरै भएको प्रष्ट पारे।

तर केही मधेसी युवाहरु पनि थारुहरुका तर्कलाई गलत साविध गर्न तत्पर देखिए। सबैको तर्क वितर्क उही छ, तिमीहरु जतिसुकै इतिहासका कुरा, कालखण्डका कुरा गर, तर तिमीहरु मधेसी नै हौ। मधेसभित्रका थारु नै हौ।

सरोज राय खासमा तराई मधेस राष्ट्रिय परिषदका सदस्य हुन्। यो परिषदले आफूलाई सामाजिक राजनीतिक दुबैखाले संगठन भएको दाबी गर्छ। यो संगठनले मधेस आफैँमा सभ्यता भएको दाबी गर्छ।

सरोज राय यादवले साउदी अरबमा मृत्युदण्डका सजाय पाएका धनुषाका उमेश यादवलाई नेपाल फर्काउन पहल गरेका थिए। सोही अभियानबाट उनी एकाएक मिडियामा छाएका थिए। त्यतिमात्र होइन, उनले एक जना बंगलादेशी नागरिकको परिवारलाई खोज्न बंगलादेश नै पुगे। दैलेखका प्रेम विकलाई भारतबाट उद्धार गरेर उनले पहाडको सम्मानसमेत खाइसकेका छन्।

तिनै अभियन्ताले नेपालको प्राचीन सभ्यता मानिएका, तराईका मूल आदिवासी भनिएका थारुहरुको पहिचानमाथि खेलवाड गर्न तल्लीन छन्। देशकै चौथो ठूलो जनसंख्यालाई भजाएर मधेसीकरण गर्न खोज्दैछन्।

त्यसैले थारुहरुको पहिचानमाथि खेलवाड गर्ने सरोज रायजस्ता अभियन्ताहरुलाई उनीहरुकै भाषामा जवाफ फर्काउन थारुहरु तयार हुनैपर्छ।




One thought on “मधेसका यी अभियन्तलाई चिनौं, जो थारुलाई मधेसी बनाउन तल्लीन छन्

  1. Tharus are not madhesi.
    science proved that tharu are the indigious people of tarai region.Because sekal sell anemia disease only affect tharu people which is caused by maleria.and maleria disease occured when there is no any madhesi were not living on terai region.so tharu are not madhesi.

Leave a Reply

Your email address will not be published. Required fields are marked *