पूर्वमन्त्री रामजनम चौधरी दम्पतिमा कोरोना संक्रमण, सेती अस्पतालमा उपचार गराउँदै

पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता रामजनम चौधरी दम्पति कोरोनाबाट संक्रमित भएका छन्। उनीहरु चार दिनदेखि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत छन्।

रामजनमको अवस्था सामान्य भए पनि उनकी श्रीमतीलाई अक्सिजन सपोर्टको आवश्यकता परेको थियो। तर सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर नै नपाएपछि रामजनमले धनगढीकै सारथी अस्पतालबाट धरौटी बुझाएर सिलिण्डरको जोहो गरेका छन्।

श्रीमतीको स्वासप्रस्वासमा समस्या आएपछि अक्सिजनको सपोर्ट दिनुपरेको रामजनमले बताए। उनले कोरोना संक्रमित बढ्दै गएका कारण सेती प्रादेशिक अस्पतालमा संक्रमितको दर्दनाक अवस्था रहेको बताउँदै अक्सिजनको चरम अभाव भइसकेको बताए।

‘यस्तो अवस्थामा मैले त जेनतेन श्रीमतीको लागि अक्सिजनको व्यवस्थापन गरे। गरिब जनता के गर्लान्?,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *