नेपालमा पहिलो लहरलाई उछिन्यो दोस्रो लहरले, एकैदिन थपिए ७२११ संक्रमित

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या नेपालमा अहिलेसम्मकै धेरै हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ। जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन्। ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ। उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा रहेका छन्।

पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *