ओली समूहका थारु नेताहरुलाई इञ्चार्जसम्मको जिम्मेवारी, माधव पक्षीय नेताहरु जिम्मेवारीविहीन

नेकपा एमालेले २६५ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ। जसअन्तर्गत थारु नेताहरुको कार्यविभाजन गरिएको छ।

माओवादी केन्द्रबाट आएका गौरीशंकर चौधरीलाई श्रम तथा रोजगार विाभको प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई दाङ जिल्लाको इञ्चार्ज बनाएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जमा नारदमुनी रानालाई जिम्मेवारी दिइएको छ। रानालाई कैलालीको जिल्लाको इञ्जार्जसमेत बनाएको छ। त्यस्तै बलदेव चौधरीलाई बारा जिल्लाको सहइञ्चार्ज बनाइएको छ। लुम्बिनी प्रदेशको सहइञ्चार्ज र नवलपरासीको इञ्चार्जको जिम्मेवारी वैजनाथ चौधरीलाई दिइएको छ।

त्यस्तै भवगती चौधरीलाई सहकारी सम्बद्ध संगठनहरुको उपप्रमुख र सहकारी तथा गरिबी निवारण विभाग सुनसरीको सहइञ्चार्ज बनाइएको छ। त्यस्तै उदयपुरको इञ्चार्जको जिम्मेवारी मञ्जुकुमारी चौधरीले पाएकी छन्। त्यस्तै शान्ता चौधरीलाई नेपाल भूमिहीन सुकुम्बासी संगठन तथा सम्बद्ध संगठनहरुको इञ्चार्ज र दाङ जिल्लाको सहइञ्चर्जको जिम्मेवारी दिइएको छ।

त्यस्तै माधव पक्षीय नेताहरु नागेन्द्र चौधरी, मेटमणि चौधरी र बलदेव चौधरी जिम्मेवारीविहीन बनाइएका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *