दस बुँदे मागसहित मुक्त कमलरीहरुद्वारा गाउँपालिकामा धर्ना

मुक्त कमलरीहरुले कैलालीको जोशीपुर गाउँपालिकामा धर्ना दिएका छन्। उनीहरुले विभिन्न माग राखी गाउँपालिका कार्यालय अगाडि नाराबाजीसमेत गरेका छन्।
उनीहरुले कमलरीको परिचय पत्र वितरण गर्नुपर्ने, हत्या गरेका कमलरीलाई न्याय दिनुपर्ने, कमलरी पुनस्थापना आयोग गठन गर्नुपर्ने, कमलरीहरुलाई सीपमूलक तालिम दिनुपर्ने मागसहित नाराबाजी गरेका थिए।

मुक्त कमलरी विकास मञ्च कैलालीको अगुवाईमा धर्ना कार्यक्रम आयोजना भएको थियो। उनीहरुले नगरपालिकालाई दस बुँदे माग पेस गरेका थिए। उनीहरुको मागलाई सम्बोधन गर्दै नगरपालिकाले सरकारले व्यवस्था गरेअनुसार मागको सुनुवाइ गर्ने जानकारी गराएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *