थरुहट थारुवान मोर्चाले आजदेखि तेस्रो चरणको आन्दोलन सुरु गर्दै

थरुहट थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम गर्ने भएको छ। मोर्चका प्रवक्ता मिनराज चौधरीका अनुसार आजै बर्दियाको राजापुरमा छलफल कार्यक्रम आयोजना गरिएको छ।
ग्रान्डी पार्टी प्यालेसमा हुने कार्यक्रममा थरुहट नेता, जनप्रतिनिधि र बुद्धिजीबीहरुको सहभागिता रहनेछन्।
त्यस्तै सप्तरीमा आजैदेखि हस्ताक्षर अभियान सुरु भएको छ। रेशम चौधरीलगायत टीकापुर राजबन्‍दीहरुको रिहाइका लागि मोर्चाले सप्तरीमा हस्ताक्षर अभियान सञ्चालन गरेको कार्यबाहक अध्यक्ष श्रवण चौधरीले जानकारी दिए।
उनका अन्य जिल्लाहरुमा पनि संयुक्तरुपमा जनप्रदर्शन आयोजना गरिँदैछन्। मोर्चाका अनुसार वैशाख १६ गते परासी बजारमा, १७ गते चन्द्रौटा बजारमा, १८ गते तुल्सिपुरमा, १९ गते सुर्खेत, बाँके र बर्दियामा र २० गते कञ्चनपुर बेलौरीमा सभा आयोजना हुँदैछ।
मोर्चाले विभिन्न माग अगाडि सार्दै आन्दोलनको सुरुवात गरेको छ। जसमा संविधान संशोधन, स्वायत्त थरुहट प्रदेश, राज्यका सबै निकायमा थारुहरुलाई छुट्टै आरक्षणको व्यवस्थालगायत छन्।
यसअघि मोर्चाले कैलाली, सप्तरी र महोत्तरीमा बृहत् आमसभा आयोजना गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *