पाटेबाघले जब चुलाराम थारूको गर्दन समात्यो…

बर्दियामा बाघले फेरि मान्छेमाथि आक्रमण गरेको छ। सोमबार बाघको आक्रमणबाट एक पुरूष घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। गेरूवा गाउँपालिका-१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारूमाथि आक्रमण भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरले जनाएको छ।

उनी आफ्नो घरबाट तीन सय मिटर पूर्व-दक्षिणमा रहेको धानखेतमा पानी लगाउन जाँदा बाघले आक्रमण गरी घाइते बनाएको हो। घाइते थारूको टाउको, गर्दन र ढाडमा गम्भीर चोट लागेको छ। उनी बोल्ने अवस्थामा छन्। उनको उपचारको लागि एम्बुलेन्समार्फत् नेपालगन्जस्थित नर्सिङ होममा पठाएको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *