म वार्ता टोलीको संयोजक होइन, भ्रामक तथा झुठा समाचारको खण्डन गर्छु : रेशम चौधरी

जसपाका निलम्बित सांसद रेशम चौधरीले आफू वार्ता टोलीको संयोजक नभएको स्पष्ट पारेका छन्। थारुवानसँग टेलिफोनमा कुरा गर्दै उनले आफू थरुहट थारुवान राष्ट्रिय मोर्चाको सदस्य पनि नभएको र उनीहरुसँग सम्पर्कमा समेत नरहेकाले मेरोबारे मिथ्या समाचार प्रकाशन नगरदिन अपिलसमेत गरेका छन्।

‘म जसपाको कार्यकारिणी सदस्य हुँ। मेरो अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ। हाम्रा माग मुद्दाका निम्ति पार्टीमा उहाँले कार्यदल पनि बनाउनुभएको छ। तसर्थ म थरुहट थारुवान राष्ट्रिय मोर्चाको सदस्य होइन। जेलमा रहेको मान्छेका आफ्नै दुःख पीडा हुन्छ। जेलमा बसेर संयोजक बन्न पनि मिल्दैन। मेराबारे भ्रम फैलाउन बन्द गरियोस्,’ जेलबाट टेलिफोनमा रेशमले भने।

लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाले शुक्रबार रेशम चौधरीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। जसमा लक्ष्मण आफैँ पनि सदस्य छन्। उनीहरुले कैलालीमा पत्रकार सम्मेलन गरेर वार्ता टोली गठन गरेका थिए। उक्त वार्ता टोली टीकापुर राजबन्दीका पीडित परिवारले बनाएको दाबी गरिएको छ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *