स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु, किरण चौधरी गम्भीर घाइते

दाङको तुलसीपुर ६ स्थित पब्लिक ज्ञान ज्योति माध्यामिक विद्यालयको मंगलबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तुलसीपुर १६ गणेशपुर निवासी १८ वर्षीया सम्झना केसीको मृत्यु भएको हो। उनी कक्षा ११ मा पढ्थिन।

त्यस्तै यसअघि प्रहरीले मृत्यु भइसकेको बताएका किरण चौधरी गम्भिर घाइते भएका छन्। उनलाई कोहलपुरबाट थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। उनको प्लाष्टिक सर्जरीका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरुको सबै डिसार्ज भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।

नोट: यसअघि प्रहरीले  गराएको जानकारीअनुसार किरण चौधरी र अस्मिता डाँगीको मृत्यु भएको खबर प्रकाशित भएकोमा क्षमायाचनासहित सच्याइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *