‘प्रधानमन्त्रीज्यु तपाइँ कता? हामी यता’ भन्दै थारुहरुको माइतीघरमा धर्ना

थारु कल्याणकारिणी सभाले रेशम चौधरीको रिहाइ माग गर्दै माइती घर मण्डलामा नियमित धर्ना सुरु गरेको छ।
सभाले आइतबारदेखि दैनिकरुपमा दिउँसो १ बजे धर्ना आयोजजना गर्दै आइरहेको छ। धर्नामा थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाका पदाधिकारी उपस्थित हुँदै आएको सभाका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए।

सरकारले विप्पल र सीके राउतलाई मूल धारमा ल्याएको तर पहिचान तथा अधिकारको लडाइँ भएको टीकापुर घटनामा सांसद रेशम चौधरीसहितलाई मुद्दा लगाएको भन्दै धर्ना सुरु गरेको हो।

उनका अनुसार दैनिक एक घन्टा धर्ना आयोजना गरिँदै आएको छ। यसअघि पनि थारु कल्याणकारिणी सभाले थारुहरुको माग मुद्दामा विभिन्न माग राख्दै आएको छ।

आफ्नो माग मुद्दा सुनुवाइका लागि सभाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाइसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *