‘प्रवासमा थारु’ म्यागजिन नयाँ वर्षको अवसरमा विमोचन गरिने

थारू कल्याणकारिणी सभा युएईले नयाँ वर्षको अवसर पारेर ‘प्रवासमा थारू’ नामक म्यागजिन प्रकाशन गर्दैछ। म्यागजिनका लागि चाहिने सामग्रीहरु अहिले तयार भइरहेको सचिव धर्मराज महतोले जानकारी दिए।

उनका अनुसार म्यागजिनमा विदेशमा रहेका थारुहरु बारेको सामग्री समेटिने छ। अमेरिका, युरोप, एसिया र विशेषतः खाडी मुलुकका विभिन्न स्थानमा रहेर श्रम गर्दै आएका थारुहरुबारेको सामग्री तयार पारिन लागेको उनले बताए। उनका अनुसार म्यागजिनको लेखन तथा सम्पादनको जिम्मा पत्रकार मदन चौधरीलाई दिइएको छ।

विदेशमा रहेका थारु विद्यार्थी, थारु उद्यमी, थारु श्रमिकहरुबारे कथा तयार भइरहेको पत्रकार चौधरीले जानकारी दिए। उनका अनुसार म्यागजिनलाई गुणस्तरीय र पठनीय बनाउनका लागि त्यही खालका पात्रहरुको समाचार, फिचर र लेखहरु समेटिन लागेको बताए।

म्यागजिनमा प्रवासमा रहेका थारु संघ संस्थाहरुले कसरी थारु पहिचान तथा सँस्कृतिलाई जगेर्ना गर्नुका साथै आफ्नो समुदायप्रतिको उत्तरदायित्वलाई निर्वाह गर्दै आएको कथा पनि समेटिने जानकारी दिए। उनका अनुसार अमेरिका, युरोप, एसियाका विभिन्न मुलुकमा आफ्नो छबि उचो बनाएका व्यक्तिहरुबारेको सामग्री म्यागजिनमा समेटिन लागिएको बताए।

म्यागजिन प्रकाशनमा आइसकेपछि विमोचन गरी काठमाडौंसहित नेपालको थारु बाहुल्य क्षेत्र र प्रवासमा रहेका थारुहरुमाझ उपलब्ध गराइने जानकारी प्रकाशक थारु कल्याणकारिणी सभा युएईले जनाएको छ।

तपाइँसँग पनि विदेश बस्दाका सुखद दु:खद क्षण छन् भने हामीसँग बाँड्न सक्नुहुन्छ। त्यसका लागि तलको उल्लेखित नम्बर वा इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *