थारु चेलीले जितिन् स्वर्ण पदक

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको स्मृतिमा राजविराजमा राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता शनिबार सुरु भएको छ। पहिलो दिन महिला ४५ केजी सिनियर समूहमा नेपाल प्रहरीकी हीरामोती थारूले स्वर्ण जितेकी छिन्।

सोही तौलको युथतर्फ बर्दियाकी अरुणिमा थारूले स्वर्ण, सप्तरीकी अम्बिका यादवले रजत र कास्कीकी अनिका गुरुङले कांस्य पदक जितेका छन्। ४५ केजीकै महिला जुनियरतर्फ बर्दियाकै अरुणिमा थारूले स्वर्ण, दाङकी सम्झना चौधरीले रजत र सप्तरीकी काजल सदाले कांस्य जितेका छन्।

महिला ४९ केजी सिनियरतर्फ प्रहरीकी संगीता राईले स्वर्ण र ललितपुरकी उत्साह पाण्डेले रजत जितेका छन्। ४९ केजी युथतर्फ सप्तरीकी पूजा मण्डल स्वर्ण, कास्कीकी सुस्मा काफ्ले रजत र सप्तरीकी ज्योति मण्डल कांस्य जित्न सफल भए। ४९ केजी जुनियरतर्फ बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण जितेकी छन्। पुरुष ५५ केजी सिनियरतर्फ आर्मीका तुलाराम महतोले स्वर्ण, प्रहरीका गणेश रानाभाटले रजत तथा बर्दियाका रामकुमार थारुले कांस्य पदक जितेका छन्।

प्रतियोगितामा सातवटै प्रदेश, आर्मी, नेपाल पुलिस र एपीएफका गरी १ सय २० महिला र पुरुष खेलाडीले भाग लिएको संघका सचिव गोपालप्रसाद गुप्ताले जानकारी गराए। प्रतियोतिामा महिलातर्फ १७ र पुरुषतर्फ १८ विधामा प्रतिस्पर्धा हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *