एमालेमा गएका गौरीशंकर चौधरीलाई माओवादीको २४ घन्टे अल्टिमेटम

नेकपा एमालेमा लागेका आफ्ना सांसदलाई पार्टीमा फर्कन २४ घण्टे अल्टिमेटम दिँदै माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबार एमालेले मनोनित गरेका केन्द्रीय सदस्य तथा अन्य पार्टी कमिटीमा रहेका सांसदलाई पार्टी कि सांसदमध्ये एक रोज्न अल्टिमेटम दिने निर्णय बैठकले गरेको छ ।

पार्टीमा फिर्ता नभए सांसद पद खोस्ने प्रक्रिया सुरु गर्ने निर्णय बैठकले गरेको छ । माओवादी केन्द्रबाट अहिले सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा सहभागी छन् ।

त्यस्तै बैठकले २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना जारी नभएसम्मलाई स्थगित गर्ने निर्णय गरेको छ ।

शुक्रबार एमालेले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । त्यस्तै, माओवादीसँग एकता गर्दा मनोनीत भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *