प्रधानमन्त्री ओलीले गौरीशंकर चौधरीलाई बनाए एमालेको केन्द्रीय सदस्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका गौरीशंकर चौधरीसहित २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। उनले गृहमन्त्री रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारीसमेत दिएका छन्। माओवादी केन्द्रबाट कैलालीबाट निर्वाचित भएका सांसद गौरीशंकर चौधरी ओली खेमामा गएर मन्त्रीसमेत भएका छन्। उनी अहिले श्रम तथा रोजगारमन्त्री छन्।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका निम्न नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

१) रामबहादुर थापा, २) टोपबहादुर रायमाझी, ३) लेखराज भट्ट, ४) मणिचन्द थापा, ५) प्रभु साह, ६) टंक आङबुहाङ, ७) पासाङ शेर्पा, ८) ज्वाला साह, ९) टेकबहादुर बलामी, १०) कमल जंग, ११) मनोज थापा, १२) विषमलाल अधिकारी, १३) लिलाबहादुर थापा, १४) दधिराम न्यौपाने, १५) दिनेश पन्थी, १६) नवीन रोका, १७) धर्मराज रेग्मी, १८) डम्बर विष्ट, १९) गौरीशंकर चौधरी, २०) झपट बोहरा, २१) दावा लामा, २२) चन्द्रबहादुर खड्का

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *