युनिक नेपालद्वारा ९ लाखको छात्रवृत्ति प्रदान, पूर्वमन्त्री डा. गोपाल दहितद्वारा वितरण

युनिक नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका १४ सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरुलाई युनिक नेपालले छात्रवृत्ति रकम प्रदान गरेको हो।

संस्थाका अनुसार एक सय विद्यार्थीहरुलाई जनही ७ हजार र १२ उत्तीर्ण २५ जना विद्यार्थीलाई जनही ८ हजारका दरले रु ९ लाख रकम प्रदान गरिएको हो।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गर्दै प्रमुख अतिथि युनिक नेपालका संरक्षक तथा पूर्व भूमि सुधारमन्त्री डा गोपाल दहितले यस क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुलाई चेक हस्तान्तरण गरे। आफू यो क्षेत्रमा हुर्केको बताउदैँ उनले शिक्षा क्षेत्रलाई अगाडि बढाउन आफू निरन्तर प्रयासरत रहेको बताए।

यस क्षेत्रका नागरिकहरु विपन्न अवस्थामा रहेकाले आफ्ना बालबालिकाहरुलाई उच्च शिक्षा अध्ययन गराउन नसक्ने अवस्थामा रहेकाले युनिक नेपालले उच्च शिक्षा हासिल गर्नका लागि ‘युनिक छात्रवृत्ति’ लागू गरी प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको र यसलाई निरन्तरता दिने युनिक नेपालका अध्यक्ष प्रिमलाल थारुले बताए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *