बाघको आक्रमणमा परी लालबहादुर चौधरीको मृत्यु

बाघले आक्रमण गर्दामा बर्दियामा फेरि एक जनाको मृत्यु भएको छ। बर्दिया बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा गाई,भैंसी चराउन गएका राजापुर नगरपालिका-१० कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले बताए।

उनीसँगै गएका अन्य गोठालले भागेर निकुञ्जलाई जानकारी गराएका थिए। निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मीको टोलीले खोजी गर्दा साँझ ६ बजे झाडीमा मृत अवस्था चौधरी फेला परेका थिए।

उक्त घटना सदरमुकामदेखि करिब ५० किमी पश्चिममा भएको हो। गत असारयता बाघको आक्रमणबाट गेरुवा गाउँपालिका र मधुवन नगरपालिकामा ७ जनाको ज्यान गइसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *