पोखरामा चम्किएको एउटा थारुको रेष्टुरेन्ट [भिडियो]

ठमेलमा १९ वर्ष पहिले मोमोटारो रेस्टुरेन्ट खोलेका थिए छिंगटपुर, दाङ देउखुरीका पुरन चौधरीले। यसबीचमा मोमोटारोले काठमाडौंको ठमेल, सुन्धाराको सिभिल मल, ललितपुरको सानेपा र पोखराको हल्लनचोक गरी चार वटा शाखा विस्तार गरिसकेका छन्।

मोमोटारो रेस्टुरेन्टको पहिचान भनेको जापानिज, चाइनिज तथा थारू परिकार हो। यसका साथै नेपाली खानाको परिकार पनि पाइन्छ। मोमोटारोमा पाइला टेक्नु भयो भने त्यहाँ सुरुमा जौको चियाले स्वागत गरिन्छ।

पोखरा शाखामा पुग्दा हामीलाई पनि जौको चियाले स्वागत गरेका त्यहाँका म्यानेजर यज्ञ चौधरी। नातामा पुरनका साला पर्ने यज्ञले विगत १३ वर्षदेखि पोखरा ब्रान्च चलाइरहेका छन्। सुरुमा २० जना अट्ने कोठाबाट सुरु भएको मोमोटारोले पोखरामा एकैपटक सय जनालाई सेवा दिनसक्ने पक्षमता विस्तार गरेको छ।

आउनुस् पोखरा ब्रान्चका म्यानेजर तिनै यज्ञ चौधरीसँग छोटोमिठो कुरा गरौं।




Leave a Reply

Your email address will not be published. Required fields are marked *