सुनसरी, रौतहट र कञ्चनपुरमा दुर्घटना हुँदा तीन जना थारुको मृत्यु

देशभरि भएका विभिन्न दुर्घटना परी तीन जनाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा गोविन्द चौधरीको मृत्यु भएको छ।

बिहीबार दिउँसो धनगढीबाट बेलौरी जाँदै गरेको ना ४४ प ९७०४ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिका १ ढक्कामा अनियन्त्रीत भइ दुर्घटना हुँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका ८ कलकत्ता बस्ने २३ वर्षीय चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीले जनाएको छ। मोटरसाइकलमा सवार २३ वर्षीय हिक्मत चौधरी गम्भीर घाइते भएका छन्।

त्यस्तै सुनसरी रामधुनी ३ बस्ने २२ वर्षीय सुरज चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ। बुधबार राति को२च ३३१२ नम्बरको पिकअप भ्यानले को३१प ३१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी गम्भीर घाइते भएका थिए। बिराट नर्सिङ होममा उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

त्यस्तै रौतहटको संग्रामपुरबाट बिहीबार मोथियाहीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा कलावती चौधरीको मृत्यु भएको छ। संग्रामपुरबाट ना ७ त १३२५ नम्बरको ट्र्याक्टरमा मोथियाही भन्ने गाउँमा आउँदै गर्दा चन्द्रपुर–१० पडहरिया चोक नजिक सडकबाट तल खसेर दुर्घटना हुँदा त्यसमा सवार चन्द्रपुर–९ चेतनगर बस्ने ६५ वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामीछानेले बताए। दुर्घटनामा घाइते अन्य ७ जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *