अन्नु चौधरी र आरके थारुको नयाँ थारु गीत सार्वजनिक

मन लागेनका जोडी अन्नु चौधरी र आरके थारुको नयाँ गीत सार्वजनिक भएको छ। इ दिल पुकारे बोलको गीतको भिडियो आरकेसी डिजिटलले सार्वजनिक गरेको हो। आरके थारुकै शब्द संगीत रहेको गीतमा गणेश चौधरीले संगीत संयोजन गरेका छन्।

गीतको भिडियोमा खडक चौधरी र मधु चौधरीले अभिनय गरेका छन्। सुरजदेव कुसुम्याले निर्देशन गरेको भिडियोलाई महेश चौधरीले छायाँकन तथा सम्पादन गरेका छन्। यसपाला सुरजले वियोगान्त प्रेम कथालाई भिडियोमा प्रस्तुत गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *