टीकापुर घटनामा सरकारले थारुहरुमाथि एक तिरबाट धेरै सिकारहरु गर्‍यो : अधिवक्ता सुरेन्द्र महतो

२०७२ मा थारुहरुको यत्रो विशाल आन्दोलन हुनसक्छ भनेर कसैले सोचेकै थिएन। सुदूरपश्चिम क्षेत्रमा थारुहरुले गरेको त्यो आन्दोल ऐतिहासिक ठूलो आन्दोलन हो। त्यतिबेला प्रशासनले बात बातमा निषेधाज्ञा र कर्फ्यु लगाउने गर्थ्यो। थारुहरुलाई सहज ढंगले आन्दोलन गर्न दिइएको थिएन।

नदीमा बगेको पानीलाई सहज ढंगले बग्न दिए आफैँ बगेर जान्छ, तर त्यसलाई ठाउँ ठाउँमा रोक्ने कोसिस गर्नुभयो भने, नदीको धारको बेग बढ्छ, दायाँ बाँयाँ गर्छ र नोक्सान पनि गर्छ।

त्यो बेला निषेधाज्ञा, कर्फ्युहरु नलगाएर शान्तिपूर्ण आन्दोलन सहज ढंगले हुन दिएको भए सायद ठूलो विद्रोहको स्थिति आउने थिएन।

घटना त घट्यो। तर राज्यले यसलाई दुई तरिकाले हेर्‍यो। यस्तै आन्दोलन गर्न दिइरह्यो भने थारुहरु धेरै पावरफुल हुन्छन्। त्यही भएर बुलन्द भएका नेतृत्वकर्ताहरुलाई तह लगाउने, जसलाई मौकाको रुपमा छोप्यो पनि। त्यसकै परिणाम आम थारुहरुविरुद्ध मुद्दा चलाइयो। ताकि भविष्यमा यस्तो दुस्साहस नगरुन्।

त्यसको परिणाम पनि अहिले देखिरहेका छौं। त्यति सजिलै गरी थारु आन्दोलन अब उठ्ने छैन। थारुहरुको मनोबल धेरै गिरिसकेको छ। राज्य आफ्नो ठाउँमा सफल पनि भएको छ।

बाँकी भिडियोमा हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *