जनयुद्ध दिवसमा प्रचण्डले भने- थारुहरु इतिहासकै सबैभन्दा इमानदार र मेहनती समुदाय हुन्

नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले थारुहरु इतिहासकै सबैभन्दा इमानदार र मेहनती भएको बताएका छन्।

जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले थारुहरुलाई सम्झिँदै इतिहासकै सबैभन्दा इमानदार भएको बताए। ‘बर्दिया सबैभन्दा धेरै बेपत्ता पारिएको जिल्ला मानिन्छ। त्यसमा पनि थारु समुदाय, जो सबभन्दा इमानदार, मेहनती र तराईका भूभागलाई गुलजार गर्ने समुदायको रुपमा इतिहासमा परिचित छ,’ उनले भने।

उनले बर्दियाका थारुहरु जनयुद्धमा सबैभन्दा बैढी बेपत्ता पारिएको प्रसंग निकाल्दै थारुहरुलाई यस्तो भनेका हुन्। बारबर्दिया नगरपालिकाले आजै बेपत्ता पारिएकाहरुको जीवनगाथा समेटिएको किताब सार्वजनिक गरेको थियो। जसको विमोचन दाहालले गरेका थिए।

हेर्नुस् भिडियो




Leave a Reply

Your email address will not be published. Required fields are marked *