रेशम चौधरीलाई क्याबिनेटबाट निकाल्नुपर्छ, उचित क्षतिपूर्ति पनि दिनुपर्छ : दमननाथ ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले टीकापुर घटनाको टुंगो क्याबिनेटबाट लगाउनुपर्ने बताएका छन्। राजधानीमा आयोजित टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियान कार्यक्रममा बोल्दै उनले सरकारले कस्ता कस्तालाई आममाफी दिएको प्रसंग निकाल्दै टीकापुरजस्तो राजनीतिक घटनालाई क्याबिनेटबाट टुंगो लगाउनुपर्ने बताए।

‘टीकापुर घटनामा दुइटा बाटाहरु छन्। एउटा अदालत र अर्को क्याबिनेट। अहिलेलाई दुबै बाटो अवलम्बन गरेर सँगसँगै जानु जरुरी छ। अदालतबाट सफाइका लागि सबै ठाउँबाट पहल हुन जरुरी छ। क्याबिनेटले पनि कस्ता कस्तालाई सफाइ दिएकाले त्यो बाटोतर्फ पनि हामी जानुपर्छ,’ उनले भने।

उनले अदालतको मुद्दा भयो भन्दैमा सरकारले सफाइ दिन मिल्दैन भन्ने हुँदैन, सरकारले चाह्यो भने क्याबिनेटबाट यो घटनको टुंगो लगाउन सक्ने बताए। सरकारको यस्तो कदमले रेशम चौधरी लगागयतलाई मलमपटीको कामसमेत गर्ने उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *