रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री ओलीको रहस्य खोले जसपा अध्यक्ष महन्थ ठाकुरले

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहायका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न जाँदा आफूलाई सरकारमा आएर गठबन्धन बनाउन लालच दिएको बताएका छन्।

आफ्ना पार्टीका नेता रेशम चौधरी लगयातका व्यक्तिहरु थुनामा रहेको भन्दै उनीहरुको रिहाइका लागि आफू छलफल गर्न जाँदा प्रधानमन्त्री ओलीले सिधै सरकारमा आउन भनेको अध्यक्ष ठाकुरको भनाइ छ।

भिडियो हेर्नुस्:

यो अहिले मात्र नभइ जतिपटक उनीसँग कुरा गर्न जाँदा मन्त्री तथा सरकारको लोभ दिने गरेको उनले बताए। टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानले शनिवार आयोजना गरेको टीकापुर प्रकारणः विद्रोह, विभेद र विकल्प सवाल, सम्वाद र निकासको विषयमा आयोजना गरेको कार्यक्रममा उनले आफ्ना पार्टीका सांसद तथा नेता जेलमा रहनेका बेला पार्टी सरकारमा नजाने भन्दै पहिला उनीहरुलाई रिहाइ गरिए छलफल गरौला भनेर आएको बताए।

‘शासकहरु जहिले पनि आफूलाई विजय नै ठान्छन् र शासितमाथि शासन गरिरहेका छन्। दरवार हत्याकाण्ड बाहिरबाट भएको होइन, भित्रैबाट भएको हो, यसबाट पुष्टि हुन्छ कि शासकहरु कति क्रुर हुन्छन्। देशको पोल्टिक्स जहिले पनि काटमारको पोल्टिक्स रह्यो,’ उनले भने, ‘सुरुदेखि आजसम्म हेर्नु हिंसामात्र भएको छ। शासकले त्यही नजरले शासितलाई हेर्ने गरेका छन्।’

टीकापुरको घटना पनि त्यसैको उपज रहेको उनले बताए। टीकापुर घटनाको विषयलाई लिएर आफूले थुप्रै पटक सबै प्रधानमन्त्रीहरुलाई भेटेको बताउँदै अध्यक्ष ठाकुरले सबैले टीकापुरका थारुहरु निर्दोष भनेका तर उनीहरुलाई रिहाइ गर्न नचाहेको बताए।

मैले हरेकलाई भन्दै आएको हुँ कि तपाईँहरुको रवैयाले गर्दा मधेशीहरु तपाईँहरुको हातबाट निस्केका छन्। यस्तै रह्यो भने मधेस पनि रहँदैन। तैपनि उनीहरु मुद्दाप्रति गम्भीर छैनन्।




3 thoughts on “रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री ओलीको रहस्य खोले जसपा अध्यक्ष महन्थ ठाकुरले

  1. वास्तविक थारु जातिके वास्तविक लेख बिधान,
    जागम उठम थारु भुमिपुत्र लिखम मुल संविधान,

    पुर्वी हो या पश्चिम् एकता हो के देख,
    थारु जातिके जायज माग इतिहासमे लेख ,
    केना भ्या गेलै हमार थारु सव जाग जाग,
    केना भ्या गेलै हमार थारु सव जाग जाग,
    दुनियाँ संसार के रित देखुँ कोइ मत भाग,
    हम चिये मोरङ के थारु युवा कहैचिये जाग,
    वास्तविक थारु जातिके वास्तविक लेख बिधान,
    जागम उठम थारु भुमिपुत्र लिखम मुल संविधान,

    कनि गहिर्याके बुझुं थारु सव एक होइके आज,
    ज्या रहल छै थारुके ईतिहासमे अपन पहिचान,
    आगा बढेबला भुमिपुत्र थारु भ्यागेल छै बदनाम,
    कत चिये कि करैचिये थारु अगुवा नेताकार्यकर्ता
    हमरो थारु के बचाउँ अगुवा थारु नेताकार्यकर्ता ,
    कोइ त छै वीर पुरुष थारु के माग मुद्दा खोजै छै,
    अपन आम थारुके लेल अपन जायजमाग लिखैछे,
    कहाँ देखैचिये थारु के कबो हम सुत्र बानल एकता,
    वास्तविक थारु जातिके वास्तविक लेख बिधान,
    जागम उठम थारु भुमिपुत्र लिखम मुल संविधान,

    थारु चिये कबो नहि भेलछे इतिहासमे एकता,
    जा हो जा थारु केना भेल हमर थारु के परिवेश ,
    एकताके लेल सुत्र बनाउं सव मिलके एक उद्देश,
    का करि लिखल जाइ अनेक थारु भाषा औरो भेष,
    सदियो से अनेक थारु हमार थारु इतिहास मे लेख,
    नाही बुझ्लु ? नाइ बुझाइम ककरो हम इ सन्देश,
    थारु इतिहास! के बचाइम हमार थारु के यि सन्देश,
    वास्तविक थारु जातिके वास्तविक लेख बिधान,
    जागम उठम थारु भुमिपुत्र लिखम मुल संविधान,

    का करि हम परल पुर्वी थारु युवा एक साहित्यकार,
    वीर रेशम चौधरी थारु परल राज्य राजनेतासे लाचार,
    रेशम चौधरी थारु के एक इतिहास मे अमर नाम,
    कैसन देखति थारु नेताकार्यकर्ता एक थारुके बदनाम,
    हाइ रे हाइ थारु लाज सरम के हुइल थारु जात,
    एक वीर पुरुष रेशम चौधरी के राज्य लगाइल नाथ,
    थारु जात काकरि हो, हो हो मे रहल बस सिपालु,
    अगुवा नेताके बोली बिकल बाहुनवादके बिशालु,
    कैसिन बा हमार थारु सोझा साझा थारु जात,
    थारु भुमीपुत्र के लगाईल घोडा जैसन नाथ,
    थारु नेताकार्यकर्ता अगुवा होइके काहे बनौलु अनाथ ,
    वास्तविक थारु जातिके वास्तविक लेख बिधान,
    जागम उठम थारु भुमिपुत्र लिखम मुल संविधान,

    एकदिन लागत अगुवा नेताकार्यकर्ता के श्राप,
    जाग थारु जाग युवा समय हमार बनल बलवान्,
    थारु थारु मे एकता करुं हमार थारु एक के सान,
    एकता के लेल बिरता देखाउ आम थारु पहिचान,
    थारु एकता होइके इतिहास लिखुं हमार थारुके नाम,
    वास्तविक थारु जातिके वास्तविक लेख बिधान,
    जागम उठम थारु भुमिपुत्र लिखम मुल संविधान,
    वास्तविक थारु जातिके वास्तविक लेख बिधान,
    जागम उठम थारु भुमिपुत्र लिखम मुल संविधान,
    लेखक : थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ
    तथा विवेकशील थारु युवा समूहका जन्मदाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *